+
+
Shares

मौज्दात राख्न मात्रै मल नकिन्न कृषि मन्त्रालयको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १९:०८

२५ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अभाव हुन्छ भन्ने डरमा घरमा थुपार्नका लागि हतारमा मल खरिद नगरिदिन कृषकलाई आग्रह गरेको छ । सरकारले गत वर्षभन्दा धेरै रसायनिक मल खरिद गरेको, मल नेपाल भित्रिने क्रममा रहेको र मूख्य बालीलाई चाहिने मलको अभाव नरहेको भन्दै मन्त्रालयले धैर्य गरिदिन कृषकलाई आग्रह गरेको हो ।

अभाव हुन्छ भन्ने डरले कृषकले मौज्दातमा राख्न मल किन्न थालेका कारण बजारमा अभाव देखिएको कृषि सचिव राजेन्द्रप्रसाद भारीले बताए । रोपिसकिएको बालीमा मल पुगेको र मुख्य खेत धानको लागि कृषकलाई मलको अभाव नहुने सचिव भारीले बताए ।

‘मल बाटोमा आउने क्रममा छ, साउन १५ अघिनै कृषकले पाउनेगरी मल उपलब्ध हुन्छ,’ सचिव भारीले भने ।

नेपालमा सामान्यतया धान रोपाइँ गरेको २५ दिनमा हाल्नका लागि धेरै डीएपी मल चाहिने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । धानखेतीको सबै भन्दा ठूलो क्षेत्र तराईमा डीएपी मल साउनको १५ सम्ममा चाहिने र सो समयसम्म मल आईसक्ने कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले बताए ।

‘अहिले सहकारी तथा कृषहरुसँग मल छ, अब धानकोलागि चाहिने मल काठमाडौंकालागि हिँड्न सुरु भएको छ, समयमै मल उपलब्ध हुन्छ,’ पोख्रेलले भने ।

कम्पनीमा अझै ७ हजार मेट्रिकटन मल मौज्दात रहेको र कम्पनीले किनेर भारत आईपुगेको मल काठमाडौंका लागि हिँड्न सुरु गरेको पनि कम्पनीले जनाएको छ । १२ हजार मेट्रिकटन डिएपी मल काठमाडौंका लागि छुटेको पनि कम्पनीले जनाएको छ ।

यस्तै चीनसँग किनेको २५ सय मेट्रिकटन मल पनि मल पनि नेपाल आउने क्रममा रहेको कम्पनीले जनाएको छ । गलत हल्लाका कारण मल अभाव हुन्छ भनेर कृषकले यो वर्ष छिट्टै मल किनेर मौज्दात राखेको पाइएको पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?