Comments Add Comment

रोष्टमबाटै सरकारलाई ‘फ्लाइङ किस’ !

२५ जेठ, विराटनगर । प्रदेश १ को प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीका सांसदले रोष्टमबाटै सरकारलाई ‘फ्लाइङ किस’ दिएका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रदेश सांसद सर्वध्वज साँवाले कोरोना संक्रमणलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको बताउँदै संसदको रोष्टमबाटै सरकारलाई फ्लाइङ किस दिएका हुन् ।

उनले संकटको समयमा सरकारले नीति तथा कार्यक्रम ल्याउनु नै ठूलो उपलब्धि भएको बताए । ‘लकडाउनले आउदैन भनेको नीति तथा कार्यक्रम आउनु नै ठूलो कुरा हो’ उनले भने ‘म त सरकारलाई यहीँबाट फलाइङ किस पो दिन्छु लौ जा !’

सुनसरीबाट निर्वाचित सांसद साँवा प्रदेश १ सभामा प्राकृतिक स्रोत संरक्षण समितिका सभापति पनि हुन् ।

आइतबारबाट सुरु छलफलमा प्रतिपक्षी दलका नेताहरुले नीति तथा कार्यक्रमले अहिलेको समस्यालाई सम्बोधन गर्न नसकेको बताए ।

छलफलमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, सचतेक सूयर्माराज राई, सांसद शेखरचन्द्र थापालगायतले नीति तथा कार्यक्रम पुरानै ढर्राको रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment