+
+
Shares

बारामा ३ वर्षीया बालिकासहित ५ जनामा देखियो कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १०:३९

२६ जेठ, काठमाडौं । बारामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार सुवर्ण गाउँपालिका–२ का ३० वर्षीय पुरुष, वडा नम्बर ७ का १६ वर्षीय पुरुष, वडा ५ का ३० वर्षीय पुरुष र सोही वडाका २८ वर्षीया महिला र उनकी ३ वर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित पाँचै जनालाई गंगापुरस्थित शैक्षिक तालिम केन्द्रको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्र साहका अनुसार हर्दिया प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरिएको थियो ।

जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको उनले बताए । साहका अनुसार संक्रमित पुष्टि भएका सबै जना भारतबाट आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?