Comments Add Comment

संसदमा मन्त्रीले भने : निर्मला पन्तको हत्याबारे उत्तर दिन आएको होइन

२६ जेठ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले निर्मला पन्तको बलात्कार र हत्याबारे जवाफ दिन अस्वीकार गरेका छन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि मन्त्री गुरुङलाई पूरक प्रश्न गर्दै कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कार र हत्याबारे मन्त्रालयले के गरेको छ ? भनेर सोधेकी थिइन् ।

जवाफमा महिला मन्त्री गुरुङले भने, ‘निर्मला पन्तको विषयमा मैले उत्तर दिनुपर्नेजस्तो नहुन सक्छ । यो आजको विषय नहुन सक्छ । यो सदनभित्र निरन्तर चलिरहेको र चलिरहने प्रश्न हो । यसको उत्तर माननीयहरूलाई प्रदान गर्न म उभिएको छैन ।’

यसैगरी, मन्त्री गुरुङले महिला हिंसाका घटना लकडाउनका क्रममा मात्रै नभएका बताएका छन् । ‘विगतदेखि (महिला र घरेलु) हिंसा हुँदै आएको र यो बीचमा त्यस्ता हिंसा बढेको हो कि भन्ने केही पत्रपत्रिकाबाट समाचारहरू सुनिएकोप्रति मन्त्रालय अत्यन्तै सचेत छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment