Comments Add Comment

गुल्मीका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले दिए रगत

२६ जेठ, गुल्मी । गुल्मीका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर बनेपछि उनकै उपचारमा संलग्न एक जना स्वास्थ्यकर्मीले रगत दिएकी छन् । धुर्कोट गाउँपालिकाका ३६ वर्षीय संक्रमितको उपचारमा खटिएकी स्वास्थ्यकर्मी सीता छन्त्यालले रगत दिएको गुल्मी अस्पतालका डा. उत्तम पच्चाले बताए ।

डाक्टर पच्चाका अनुसार दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित ती कोरोना संक्रमितमा रक्त अल्पताको समस्या देखिएपछि स्वास्थ्यकर्मी छन्त्यालले रगत दान गरेकी हुन् ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टाइनमा रहेका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ दिनदेखि आइसोलेसनमा छन् ।

तम्घासको आइसोलेसनमा उपचाररत ती संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिए पनि विविध समस्याका कारण पठाउन नसकिएको डाक्टर पच्चा बताउँछन् ।

संक्रमित व्यक्तिको २ पटक गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । उनलाई अस्पतालको बेडमा बस्नसमेत गाह्रो भएपछि भुइँमा राखेर उपचार गर्नु परेको रेसुङ्गा नगरपालिका गुल्मीका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

यी ३६ वर्षीय पुरुषलाई धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलसँगै एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँपालिका अध्यक्ष पोखरेल भने सेल्फ आइसोलेसनबाट कोरोना मुक्त बनेका छन् ।

–अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment