
२५ जेठ, काठमाडौं । लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो ।
तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर पर्सि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।
बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4