Comments Add Comment

धादिङका दुवै जना संक्रमित भारतबाट आएका थिए

२६ जेठ, काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका-५ स्थित क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट फर्किएर मनकामना आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका ३० र ३५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपाेर्ट पोजेटिभ आएको वडाध्यक्ष रामबहादुर श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा साेही नगरपालिका-५ र गल्छी गाउँपालिका-३ का पुरुष हुन् ।

पाँच जनाको समूहमा रहेका उनीहरु जेठ ९ गते भारतबाट आई विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए । वडाध्यक्ष श्रेष्ठका अनुसार १४ दिन क्वारेन्टिनमा बसेपछि पाँचै जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमध्ये तीन जनाको आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटीमा पोजेटिभ देखिएका तीनै जनाकाे पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष श्रेष्ठले बताए । संक्रमित पुष्टि भएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्षले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment