Comments Add Comment

भारतीय गृहमन्त्रीको चेतावनी : हाम्रो सीमा मिच्नेलाई दण्डित गरिन्छ

२६ जेठ, काठमाडौं । भारतका गृहमन्त्री अमित शाहले छिमेकी देशहरुसँगको सीमा विवादलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । उनले आफ्नो देशको सीमा अतिक्रमण गर्नु कुनै बच्चाको खेल नभएको भन्दै यस्तो गर्न खोज्नेले दण्डित हुनुपर्ने बताए ।

भारत र चीनबीच एक महिनादेखि सीमा क्षेत्रमा तनाव बढिरहेको छ । लद्दाखमा दुई देशका सैनिकबीच बारम्बार मुठभेड भएपछि अहिले दुबै देश वार्तामा छन् । पाकिस्तानसँग जम्मु कश्मिरलाई लिएर भारतको अन्त्यहीन संघर्ष छ ।

यसैगरी अहिले नेपालसँग पनि सीमा विवाद चर्किएको छ । नेपालले कालापानी-लिम्पियाधुरालाई समावेश गर्दै नयाँ नक्सा प्रकाशित गरेपछि भारत रुष्ट बनेको छ ।

उडिसा जान-सम्भवको भर्चुअल र्‍यालीलाई सोमबार सम्वोधन गर्दै शाहले कुनै देशको नाम नलिई भनेका छन्, ‘हाम्रो समयमा पनि उरी र पुलवामामा आतंकवादी आक्रमण भए, तर प्रधानमन्त्री नरेन्द्र मोदीले कत्ति पनि समय खेर फाल्नुभएन । पाकिस्तानलाई एयर स्ट्राइक र सर्जिकल स्ट्राइकबाट जवाफ दिइयो । यसले सम्पूर्ण विश्वलाई महसुस गरायो कि भारतको बोर्डरमा छेडछाड गर्नु बच्चाको खेल होइन, अन्यथा तपाईं दण्डित हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment