+
+
Shares

कांग्रेसलाई अर्थमन्त्रीको जवाफ : महामारीको खर्च पारदर्शी हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १४:०३

२७ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले महामारीका बेला गरिएको खर्च पारदर्शी हुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकको सुरुमै कांग्रेसले कोरोना भाइरसको महामारीको नियन्त्रणका बेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको थियो ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठे र विरोध जनाए । लगत्तै सभामुख अग्नि सापकोटाले सांसद गगन थापालाई बोल्न समय दिए ।

त्यसबेला सांसद थापाले प्रश्न गरे, ‘पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्ब खर्च देखाउने ?’ कोरोना भाइरस नियन्त्रणका नाममा सरकारले चरम लापरबाही र भ्रष्टाचार गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

सांसद थापाले कोरोना महामारी रोकथामका लागि खर्च भयो भनिएको १० अर्ब खर्च कहाँ भयो भनी प्रश्न गरेका छन् ।

केही समयपछि सञ्चार मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले कांग्रेसलाई जवाफ दिए, सरकारी खर्च पारदर्शी हुन्छ । महामारीका बेला गरिएको खर्च पारदर्शी हुन्छ ।’

अर्थमन्त्री खतिवडाले कोरोनाको शीर्षकमा भएका खर्च पारदर्शी गर्ने र जनताका बीचमा सार्वजनिक गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?