+
+
Shares

सुदूरपश्चिममा थप १० जनामा संक्रमण, संक्रमितको संख्या १५८ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १७:०७

२७ जेठ कैलाली । सुदूरपश्चिममा मंगलबार थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।

मंगलबार कैलालीको टीकापुर नगरपालिकाका ४ जना, धनगढी उपमहानगरपालिकाका २ जना र मोहन्याल गाउँपालिकामा एक जनामा  कोरोना पुष्टि भएको हो ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका, दार्चुलाको लेकम गाउँपालिकाका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकामा पनि एक एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

मंगलबार नै कोहलपुर मेडिकल कलेजमा पनि अछामकी एक महिलामा संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या १५८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?