Comments Add Comment

चीनले पनि कालापानी नेपालको हो भन्नुपर्‍यो : सांसद महत

२७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गजेन्द्रबहादुर महतले चीनले पनि कालापानी नेपालको हो भन्नुपर्ने बताएका छन् ।

तिब्बतलाई नेपालले चीनको भनिदिनुपर्ने तर, लिम्पयाधुरा, लिपुलेक र कालापानीलाई चीनले नेपालको भनिदिनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

‘तिब्बतलाई हामीले बारम्बार चीनको हो भनिदिनुपर्ने, नभने रिसाउने, दुख मान्ने तर, चीनले हाम्रो भूगोलमा भारतसँग बसेर बाटो बना, अर्को बना भन्न पाउने ? चीनले भन्नैपर्छ यो भूगोल नेपालको हो । हैन भने हामी पनि भन्न बाध्य हुन्छौं’ महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment