Comments Add Comment

प्रदेश २ मा थपिए ५४ जना कोरोना संक्रमित 

२७ जेठ, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५ जना महिलासहित ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरीको राजविराज नगरपालिकास्थित क्वारेन्टिनमा ७ जना, छिन्नमस्ता गाउँपालिकाको क्वारेन्टिनमा ४ जना र कञ्चनरुप नगरपालिकाको क्वारेन्टिनका २ जनामा कोरोना संक्रमण देखिएको होे । संक्रमित मध्ये तीन जना महिला छन् ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टिनका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टिनका १० जनामा संक्रमण भएको हो । धनुषामा एक जना महिलासहित २१ जना संक्रमित देखिएको हो ।

महोत्तरीमा संक्रमित मध्ये १८ जना पुरुष र एक जना महिला रहेका छन् । महोत्तरीको बर्दिबास नगरपालिकास्थित क्वारेन्टिनका १५ जना, एकडारा गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सर्लाहीको कौडेना गाउँपालिकाको क्वारेन्टिनमा ३० वर्षीय एक जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

उपचारपछि ३७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३७ जना कोरोनामुक्त भएका छन् । योसहित प्रदेशमा हालसम्म २६३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटको आइसोलेसनमा उपचार गरिरहेका ३० जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

जेठ ९ गते गरिएको स्वाब कलेक्सन गर्दा पोजेटिभ देखिएका मुसरपट्टी मुसरहरनिया गाउँपालिकाका ११ जना डिस्चार्ज भएका हुन् । उनीहरुलाई २० गते आइसोलेसनमा भर्ना गरिएको थियो । जेठ १० गते हंसपुर कठपुल्ला नगरपालिकामा स्वाब लिई परीक्षणगर्दा पोजेटिभ रिपोर्ट आएपछि २० गते आइसोलेसनमा भर्ना गरिएका वर्ष ४० र ५० का दुईजना, सोही नगरपालिकामा जेठ ११ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जेठ २० गते आइसोलेसनमा राखिएका वर्ष १९ र २० का थप दुई जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

धनुषाको सवैला नगरपालिकामा जेठ ११ गते स्वाव स्वाव परिक्षणगर्दा पोजेटिभ रिपोर्ट आएपछि जेठ १७ गते आइसोलेसनमा भर्ना गरिएका वर्ष ३७ का पुरुष, जेठ १२ गते धनुषाको जनकपुर उपमहानगरपालिकाका विभिन्न वडाहरु, कमला नगरपालिकाका विभिन्न वडाहरु, मुखियारपट्टी मुसहरनिया नगरपालिका, गणेशमान चार नाथ नगरपालिका र सवैला नगरपालिकाका विभिन्न वडाहरुबाट स्वाब संकलन गरी परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि जेठ १७, १८ र १९ गते आइसोलेसनमा राखिएका जनकपुर उपमहानगरपालिका २१, २२, २३ र ३२ वर्षका ४ जना तथा २७ वर्षका २ जना पुरुषहरुगरी ६ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी सिराहा र खोटाङ्ग स्थायी घर भई धनुषामा बस्दै आएका वर्ष १९, २० र २४ वर्ष उमेर ३ जना पुरुषहरु पनि डिस्चार्ज भएका छन् । धनुषा जिल्ला कमला नगरपालिका वडा नम्वर ७ का २१ र २७ वर्षीय पुरुष, नगराईन नगरपालिकाका ३७ र सवैला नगरपालिकाका २० र ४० वर्षका पुरुष, गणेशमान चारनाथ नगरपालिकाका २१ वर्षीय पुरुष पनि डिस्चार्ज भएका छन् ।

धनुषाको जनकपुर स्थित प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट मंगलबार नै ७ जना पुरुषहरु समेत उपचार पछि डिस्चार्ज भएका छन् ।

कहाँ-कहाँ छन् संक्रमित ?

सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गतको राजविराजस्थित साइकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला १ सय जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

सिराहाको महेन्द्र गेनाइ कोभिड विशेष अस्पतालमा २६ जना, सिराहा नगरपालिकास्थित सिराहा कोभिड विशेष अस्पतालमा २२ जना, धनुषाको प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड अस्पतालमा २ जना पुरुष, धनुषा कै लक्ष्मीनिया गाउँपालिका स्थित वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटको आइसोलेसनमा ३१ जना कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ ।

महोत्तरीको जलेश्वर अस्पतालमा ३ जना महिला सहित ८८ जना, सर्लाहीको मंलगवास्थित अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसनमा ९ जना महिला सहित १ सय ४२ जना, सर्लाहीकै फरहदवा स्वास्थ्य चौकीमा १ जना महिलासहित ९ जना कोरोना संक्रमितलाई राखिएको छ ।

रौतहटको चपुर अस्पतालमा २ जना महिला सहित ३०, गौर नगरपालिका स्थित गौर नर्सिङ्ग इन्टिच्यूटमा २ महिला सहित १६ जना, रौतहटकै राजपुर फरहदवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिकास्थित जय किसन उच्च माध्यमिक विद्यालयमा २ जना महिला सहित ९७ जना, रौतहट कै गरुडा नगरपालिका स्थित नेपाल प्रहरी विद्यालयमा ४ महिलागरी कुल ७४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

बाराको कलैया अस्पताल अन्र्तगतको आइसोलेसनमा ३ जना महिला सहित कुल ३१ जना, पर्साको नारायणी अस्पताल अन्तर्गतको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ६ जना महिला सहित ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिराहाको सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालमा १३ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड अस्पतालमा २ जना र महोत्तरीको जलेश्वर कोभिड अस्पतालमा २ जना गरी १७ जना शंकास्पद कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment