+
+
Shares

अल्पाइन मेडिकल कलेजको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते १०:०६

२८ जेठ, वीरगन्ज । वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुधबार बिहानपख करिब पौने ३ बजेतिर गाँजा बरामद गरेको डीएसपी गौतम थापाले जानकारी दिए ।

एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो ।

प्रहरीले गाँजा र एम्बुलेन्ससहित तीन जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने सन्चार सिंह वाइवाका छोरा अन्दाजी २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने शोभा सिंह वाइवाको छोरा अन्दाजी २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने रामइश्वर महतोको छोरा अन्दाजी ३२ वर्षीय हरिशंकर महतो छन् ।

पत्रकार सम्मेलनमा डिएसपी थापाले लकडाउनको बेला सुविधाको गाडी प्रयोग गरेर यस्ता गतिविधि गर्ने सन्जाल नै हुनसक्ने भएकाले निगरानी बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?