Comments Add Comment

सरकारको विरोधमा उत्रिए न्युरोडका व्यापारी

२८ जेठ, काठमाडौं । साना व्यापारी-व्यवसायीहरू न्युरोड क्षेत्रमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ठूलो संख्यामा व्यापारीहरू सडकमा उत्रिएपछि प्रहरीहरूको तैनाथी पनि बढाइएको छ ।

व्यापारीहरूले ‘हाम्रो चुलो बाल्ने वातावरण बनाइदे सरकार’, ‘रहरले होइन, बाध्यताले आएका हौं’लगायतका नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् ।

सरकारले ठूला व्यापारी र साना व्यापारीलाई भेदभाव गरेको गुनासो गर्दै उनीहरूले आफूहरूको घर भाडा मिनाहा गर्न, बैङ्क तथा वित्तीय संस्थाको ब्याज मिनाहा गर्न मागसमेत गरेका छन् ।

लामो समयको लकडाउनले आफूहरू समस्यामा परेको भन्दै न्युरोड क्षेत्रका व्यापारीहरूले २२ गतेदेखि आफैँ पसल खोलेका थिए । तर त्यसको तीन दिनपछि एक्कासी प्रहरीले पसल बन्द गराएपछि उनीहरू रुष्ट छन् । बुधबार पनि पसल खोल्ने प्रयास गरेका उनीहरूलाई प्रहरीले रोकेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आफू व्यापार व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै अब सरकारलाई तालाचाबी बुझाउने बताएका छन् । ‘लकडाउनको कुनै मोडालिटी पनि चेन्ज नगर्ने र व्यवसायीलाई राहत प्याकेज पनि घोषणा नगर्ने सरकारले हाम्रो सम्पूर्ण जिम्मा लेओस्,’ अध्यक्ष कटुवालले भने ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment