+
+
Shares

कालीकोटमा टिपर दुर्घटना, कम्तीमा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २८ गते ११:२१

२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरूलाई क्वारेन्टिनस्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर  बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।

हालसम्म दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए ।

भारत र रामेछापबाट भित्रिएकाहरूलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुगेका छन् । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरूको टोली उद्धारमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?