Comments Add Comment

नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि

२८ जेठ, नवलपरासी । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । गैंडाकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजना गरी तीनजनामा बुधबार संक्रमण पुष्टि भएको हो ।

नवलपुरमा बुधबार भेटिएको तीन जनासहित नवलपुरमा संक्रमितको संख्या ३७ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार भरतपुर प्रयोगशाला परीक्षण गरिएको मध्ये गैंडकोट नगरपालिकाका दुईजना र देवचुली नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन कक्षमा उपचारका लागि लगिदै छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा गैंडाकोट १३ का २३ वर्षीय एकजना पुरुष र गैंडाकोट १४ का २६ वर्षीय एकजना पुरुष कोरोना भाइरस पोजेटिभ देखिएको हो भने पोखरामा गरिएको परीक्षणमा बुधबार नै देवचुली नगरपालिका ४ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार बुधबार देवचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

देवचुली नगरपालिकामा योसहित संक्रमितको संख्या ६ पुगेको छ भने एक जना निको भएर फर्किएका छन् । त्यस्तै गैंडाकोटमा संक्रमितका संख्या ४ पुगेको छ ।

स्वाब संकलन रोकियो

गण्डकी प्रदेशको पोखरास्थित प्रयोगशाला र चितवनको भरतपुरस्थित प्रयोगशालामा संकलिन स्वाब थुप्रियपछि पूर्वी नवलपरासीमा स्वाब संकलन कार्य रोकिएको छ ।

पूर्वी नवलपरासीमा अहिलेसम्म संकलन गरिएका ११४८ मध्ये ५०४ जनाको स्वाबको रिपोर्ट आउन बाँकी नै छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार संकलिन स्वाबको पीसीआर परीक्षणमै ढिलाइ भएर पालो नआएपछि केही दिनलाई स्वाब संकलन कार्य रोकिएको हो ।

नवलपुरमा अहिलेसम्म ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने ६०७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । पूर्वी नवलपरासीमा अहिले १२७४ जना क्वारेन्टिनमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment