
नायक राजेश हमालले मंगलबार आफ्नो ५६ औं जन्मदिन मनाएका छन् । लकडाउनका कारण घरमै रहेका हमालले आफ्नी पत्नी मधु भट्टराईसँग जन्मदिन सेलिब्रेसन गरेका हुन् ।
राजेश आफैँले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले सबैलाई धन्यवाद समेत दिएका छन् ।
नायक हमाललाई जन्मदिनमा एक जना साथीले साइकल उपहार दिएका छन् । नायक राजेश हमालले लामो समयदेखि आफ्नो जन्मदिन विभिन्न सामाजिक संघसंस्थामा पुगेर मनाइरहेका थिए ।
तर यसपटक लकडाउनका कारण नायक राजेश हमालले घरमै जन्मदिन मनाएका हुन् । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि राज गरेका नायक हमाल अहिले चलचित्र निर्देशन गर्ने तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4