+
+
Shares

भारतबाट आउँदै गरेका सुस्ताका एक युवकको सुनौलीमा मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २८ गते १४:१४

२८ जेठ, बुटवल । भारतको मुम्बईबाट मजदुरी गरी घर आउँदै गरेका एक नेपालीको सुनौलीमा मृत्यु भएको छ । मृत्यु हुने नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका (साविकको कुडिया गाविस– ७) का ३५ वर्षका पुरुष हुन् ।

तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीन जना साथीसहित बसमार्फत आएका उनी मंगलबार राति ४ बजेतिर सुनौली आइपुगेका थिए ।

बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार सुनौली बजारमा बसेका उनले बिहान एक्कासी वान्ता गरेका थिए । वान्ता गरेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । ‘नवलपरासी कुडिया ७ ठेगाना भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो,’ अधिकारीले भने, ‘अरु कुरा बुझ्दै छौं ।’ उनको मृत्युको कारण खुलिनसकेको उनले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?