+
+
Shares

मोरङमा थप ८ जनामा कोरोना संक्रमण

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ २८ गते १५:३९

२८ जेठ, विराटनगर । मोरङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा मोरङको रतुवामाई नगरपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईका अनुसार सौठा क्वारेन्टिनमा बसेका तीन जना र इटहरा क्वारेन्टिनमा बसेका ५ जनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकाहरु १० दिन अघि भारतबाट आएकाहरु हुन् । नगरले क्वारेन्टिनमा बसेको १० दिनपछि मात्र कोरोना जाँच गर्दै आएको छ ।

यससँगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मोरङमा कोरोनाका कारण प्रभावित स्थानीय तह रतुवामाई बनेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको भट्टराईले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?