
२८ जेठ, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । बंगलादेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिएको जानकारी अनुसार बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक हजार १२ पुगेको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र बंगलादेशमा कोरोना भाइरसको कारण ३७ जनाको मृत्यु भएको हो ।
त्यस्तै बंगलादेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७४ हजार ८६५ पुगेको छ । पछिल्लो २४ घण्टामा बंगलादेशमा ३१९० जना नयाँ संक्रमित फेला परेका हुन् ।
एकैदिन बंगलादेशमा अहिलेसम्मकै धेरै नयाँ संक्रमित फेला परेका हुन् । बंगलादेशमा पहिलोपटक मार्च ११ मा कोरोना भाइरसबाट संक्रमितको मृत्यु भएको थियो । त्यसको ९१ दिनमा मृतकको संख्या एक हजार नाघेको हो ।
बंगलादेशमा अहिलेसम्म १५ हजार ८९९ संक्रमित निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4