Comments Add Comment

खतरनाक गाउँ, जहाँ हुन्छ विषालु सर्पको खेती !

फाइल तस्वीर

गाउँघरमा अन्नबाली, नगदे बाली आदिको खेतिपाती हुनु त नौलो कुरा भएन । तर यो दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सर्पको खेती हुन्छ ।

हो, सुन्दैमा भयानक लाग्ने यस्तो गाउँ चीनमा छ । जिसिकियाओ नामको उक्त गाउँका मानिसहरुको जिविकोपार्जनको मूख्य आधार नै सर्पको खेती हो । गाउँका आधा भन्दा धेरै मानिस सर्पको खेती गर्दछन् ।

जिसिकियाओमा ३० लाख भन्दा धेरै प्रकारका विषालु सर्पहरु पाइन्छन् । त्यहाँ राजगोमन, अजिंगर, भाइपर लगायतका अत्यन्तै विषालु सर्पहरु समेत पालिन्छन् ।

यसरी गाउँभर नै विषालु सर्पहरुको खेती गर्नुको कारण चाहीँ पैसा कमाउनु नै हो । सर्पको मासु तथा सरीरका अन्य अंगहरुको बिक्रि गरी गाउँलेहरुले पर्याप्त रकम आर्जन गर्ने गरेका छन् ।

चीनमा सर्पको मासुलाई शौखको रुपमा लिइन्छ । त्यस्तै सर्पको सरीरका विभिन्न अंगहरुलाई परम्परागत औषधिहरु ीनर्माणका लागि प्रयोग गरिन्छ भने छालालाई विभिन्न खाले सामानहरु ब्नाउन प्रयोग गरिन्छ ।

उक्त गाउँ सर्पखेतीका लागि विश्वभर नै चर्चित छ । त्यहाँ सर्पखेती भन्दा अगाडि चिया, जुट तथा कपासको खेती हुन्थ्यो । तर अहिले ती खेतीबालीहरु हराइसकेका छन् ।

लाखौँ सर्पको खेति गर्ने सो गाउँका मानिसहरु एउटा सर्पसँग भने डराउँछन् । उक्त सर्पलाई गाउँलेहरुले फाइभ स्टेप स्नेक अर्थात् पाँच पाइले सर्प भन्दछन् । सो सर्पलाई पाँच पाइले भन्नुको खास रहसय छ । त्यो के भने उक्त सर्पले डसेपछि मानिस बढिमा केवल ५ पाइला मात्र हिड्न सक्दछ र तत्कालै मृत्यु हुन्छ ।

उक्त गाउँमा मानिसहरुले काठ तथा काँचका स साना बाकसहरुमा सर्प पाल्दछन् । जब सर्पको अण्डाबाट बच्चा कोरिलिएर ठूलो हुन्छन् तब उनीहरुलाई अर्को बाक्सामा सारिन्छ र त्यसरी सार्नका लागि प्लास्टिकका थैली प्रयोग गरिन्छ ।

वयस्क सर्पहरुलाई त्यहाँबाट बधशाला लगिन्छ । बधशालामा सबैभनदा पहिले सर्पको विष निकालिन्छ र त्यसपछि टाउको छिनालिन्छ । त्यसपछि सर्पलाई काटेर उसको मासु तथा अन्य भागहरु ऋलग अलग पारिन्छ । छालालाई सुकाइन्छ । सर्पको मासु, छाला तथा अन्य अंगहरु समेत अलग गरी गरी बिक्रि गरिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment