Comments Add Comment

कंगनाले किन गरिन् बलिउडकर्मीको आलोचना ?

जम्मु-कश्मीरमा भएको एक हत्याको विरोधमा नायिका कंगना रनोटले कार्ड अभियान सुरु गरेकी छिन् ।

बुधबार एक भिडियो सार्वजनिक गर्दै कंगनाले यो हत्याकाण्डमा बुद्धिजीवीहरू मौन बसेको भन्दै आलोचना गरेकी छिन् । उनले कार्डमा लेखेकी छिन्–‘बुद्धिजीवीहरूको ध्यान त्यतिबेला मात्र यस्तो घटनामा जान्छ, जब यस्ता घटनामा जेहादी विषय लुकेको हुन्छ । नत्र उनीहरू चुप बस्छन् ।’

कंगनाको टिमले ट्विटरमा एक भिडियो सार्वजनिक गरेको छ, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कश्मीर पीडितमाथि भएको अत्याचारविरुद्ध कडा कारबाही गर्न र उनीहरूलाई आफ्नो मातृभूमि सुरक्षित रुपमा ल्याउन आग्रह गरिएको छ।

उनले बलिउडका केही कलाकारमाथि पनि आक्रोश पोखेकी छिन् । जेहादी एजेण्डा हुँदा मुख खोल्ने र विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने तर अरू बेलामा मौन बस्ने बलिउडकर्मीमाथि उनले आक्रोश पोखेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment