Comments Add Comment

सरकारमाथि दबाब बढाउँदै कांग्रेस

२९ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दबाब बढाउने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा सरकार असफल भएको निश्कर्ष निकालेको कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । क्वारेन्टिन स्थलहरु व्यवस्थित गर्नुपर्ने, पीसीआर टेष्ट बढाउनुपर्ने लगायतका उसका माग छन् ।

अब संसदीय दलमार्फत केन्द्रमा प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराउने भएको छ । असार २ गते नै सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली दूताबासमार्फत पनि ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

कोरोना भाइरसविरुद्धको संघर्षमा सरकारले समयमै गम्भीरता नराख्दा महामारीको जोखिम अप्रत्यासित रुपमा बढ्दै जाने सम्भावना बढेको कांग्रेसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment