
२९ जेठ, काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन सक्ने १ हजार ५ जनाको नाम प्रकाशित गरेको छ ।
एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले विभिन्न समस्या भोगिरहेका र पहिलो चरण्मा टिकट काट्न सक्ने कामदारहरुको नमा सार्वजनिक गरेको हो ।
दूतावासले सूची परेकाहरुले ५२० अमेरिकी डलरमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको टिकट काट्न सक्ने बताएको छ । टिकट नकाट्नेहरु काठमाडौं आउन पाउने छैनन् ।
जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4