Comments Add Comment

रुसमा कोरोना संक्रमित पाँच लाख नाघे

२९ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ ।

रुसको आधिकारिक सरकारी तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख दुई हजार ४३६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका आठ हजार ७७९ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६ हजार ५३२ पुगेको छ । पछिल्लो २४ घण्टामा रुपमा कोरोना भाइरसबाट १७४ जनाको मृत्यु भएको हो । संक्रमितको तुलनामा रुसमा मृत्युदर भने निकै कम छ ।

रुसभित्र र बाहिरका विशेषज्ञहरुले भने सरकारले सार्वजनिक गरेको मृत्युको तथ्यांकमा आशंका व्यक्त गर्दै आएका छन् । राजनीतिक कारणले रुसले मृत्यु हुनेको संख्या कम देखाएको आरोप उनीहरुको छ । यद्यपि रुसले भने यो आरोपको खण्डन गर्दै आएको छ ।

दैनिक नौ हजारभन्दा बढी नयाँ संक्रमित भेटिँदै गर्ला गत महिना सरकारले विभिन्न क्षेत्रमा लकडाउन खुकुलो पार्न थालेको थियो । लकडाउन खुकुलो गरिएको क्षेत्रमा जसमा जसमा समग्र संक्रमितको ४० प्रतिशत संक्रमित रहेको मस्को पनि थियो ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment