+
+
Shares

घरायसी काम गर्ने बालबच्चा व्यवहारिक र सक्षम

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते १८:३९

बालबचच्चाहरू आमाबुबाको सिको गर्दै घरको काम गर्न खोज्छन् । जस्तो कुचो लगाउँछन्, जुठो भाँडा माझ्छन्, लुगाफाटो धुन्छन्, तरकारी काट्छन् ।

उनीहरूले यी सबै काम रहरमा गरेका हुन्छन् । त्यसैले पूर्णताका साथ वा कुशलतापूर्वक घरायसी काम गर्न सक्दैनन् वा जान्दैनन् । त्यही कारण कतिपय अभिभावकले उनीहरूलाई यस्तो काम गर्न छुट दिँदैनन् । जबकि घरायसी कामले बालबच्चालाई अरू सक्षम र व्यवहारिक बनाउँछ । केही समयअघि भएको एक अध्ययनले पनि यही कुरालाई पुष्टि गरेको छ । उक्त अध्ययनमा भनिएको छ, ‘घरधन्दाको काम गर्ने बालबच्चाहरू बढी सिर्जनशील र व्यवहारिक हुन्छन्।

पुस्तक ‘हाउ टु राइज एन्ड एडल्ट’की लेखक जुली लिथकोटले टक शोमा उक्त अध्ययनको नतिजा सार्वजनिक गर्दै भनेकी छिन्, ‘यदि बालबच्चालाई घरायसी काम सिकाइयो भने त्यो उनीहरूको जीवनको महत्वपूर्ण हिस्सा हुनेछ ।’

घरायसी कामले बच्चामा काम गर्ने बानीको विकास हुने, श्रमको मूल्य बुझ्ने, सहयोगको भावना विकास हुने बताइन्छ । यस किसिमको गुणले उनीहरूको जीवनलाई अरू सहज र सफल बनाउन मद्दत मिल्ने शोधमा उल्लेख थियो ।

त्यसो त सामान्य हिसाबले हेर्दा पनि घरायसी कामधन्दा गर्ने, बाली र बगैंचामा काम गर्ने बच्चाहरू बढी व्यावहारिक हुन्छन् । उनीहरू यी काम परिवारसँग घुलमिल भएर गर्छन् । कामले काम सिकाउँछ भनेझैं उनीहरू नयाँ-नयाँ सिप आर्जन गरिरहेका हुन्छन् । कुन काम कसरी गर्ने भनेर आफ्नै अनुभवबाट ज्ञान आर्जन गर्छन् । आफूमा दक्षता र सिपको विकास गर्छन् ।

यद्यपि अहिलेका बालबालिका घरायसी कामकाजमा त्यति चासो र रुचि पनि दिइरहेका हुँदैनन् । एक त आमाबुबाले उनीहरूलाई पढाइमा केन्द्रित गराउँछन् भने फुर्सदको क्षण उनीहरू मोबाइल, टेलिभिजनमा रमाइरहेका हुन्छन् ।

अर्कोतर्फ कतिपय अभिभावकले बालबच्चालाई घरायसी कामकाजमा प्रेरित गर्दैनन्  । बालबच्चाले दुःख पाउँछन् वा भोलिका दिनमा उनीहरूले त्यस्तो काम गर्नुपर्ने छैन भनेर पनि अभिभावकले घरायसी काममा लगाउँदैनन् वा गर्न दिँदैनन् । यस्ता कामलाई भन्दा पढाइ–लेखाइ महत्वपूर्ण हो भन्ने ठान्छन् र त्यसमै बढी केन्द्रित गर्छन् । भलै भोलिका दिनमा बालबच्चाले घरायसी काम गर्ने अवस्था नआउन सक्छ । यद्यपि आजका दिनमा उनीहरूले यस्तो काम गरेमा व्यावहारिक ज्ञान आर्जन गर्छन्, जसले उनीहरूमा क्षमता विकास गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?