+
+
Shares

निजी सवारीमा शुक्रबारदेखि जोरबिजोर लागु, दुई पाङ्ग्रेमा चालक मात्र

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते २१:४०

२९ जेठ, काठमाडौँ । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरेसँगै भोलिबाट जोरबिजोर प्रणालीमा निजी सवारी साधन चलाउने पाइने भएको छ ।

जोर गते जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारीसाधन सञ्चालन गर्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। उपत्यकाको हकमा तीन जिल्ला काठमाडौ‌ं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिने छ ।

यसअघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोरविजोर प्रणालीअनुसार मात्र चल्नुपर्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार ४ पाङ्ग्रे सवारी साधनमा चालकसहित ३ जनासम्म सवार हुन सक्नेछन् । २ पाङ्ग्रे सवारी साधन ( मोटरसाइकल, स्कुटर, मोपेड) मा भने चालकमात्र हुनुपर्नेछ ।

अत्यावश्यक सवारी साधनबाहेक निजी सवारी साधनहरू बेलुका ९:०० बजेदेखि बिहान ५:०० बजेसम्म चलाउन भने रोक लगाइएको छ । सार्वजनिक यातायात अर्थात् कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

जोरबिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाइन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारबाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?