Comments Add Comment

वेब पोर्टलमार्फत टाटा मोटर्सको अनलाइन बुकिङको सुरुवात

३० जेठ, काठमाडौं । कोरोना महामारीको यो समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ ।

tatacars.sipradi.com.np मा गएर हेर्न सकिने यो वेब पोर्टललाई लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट शुरुवात गरे।

टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहनुहुने सम्पूर्ण ग्राहकलाई यो वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने विश्वास लिइएको छ । त्यसबाहेक इच्छुक ग्राहक महानुभावहरुले यस पोर्टलमा सिप्रदीका दक्ष कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिन सक्नुहुनेछ र फोनपे या इ-सेवाको माध्यमबाट सवारीको बुकिङ्ग समेत गर्न सकिनेछ । प्रयोगकर्ताहरुलाई सजिलो होस् भन्ने हेतुको साथमा यो पोर्टल दुवै कम्प्युटर र मोबाइलमा समेत हेर्न सहज हुने ढंगमा बनाइएको छ ।

यो पोर्टलको मुख्य विशेषताहरु अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्।

साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष नि:शुल्क सर्भिसिङ र कन्सुमेवल प्रदान गरिनेछ भने फ्रन्ट- लाइनमा काम गर्नुहुने सम्पूर्ण स्वस्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप रु.५०,००० छुटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment