Comments Add Comment

ट्वीटरले किन हटायो चीन समर्थित पौने दुई लाख अकाउन्ट

माइक्रो ब्लगिङ साइट ट्वीटरले १ लाख ७० हजार भन्दा धेरै चीन समर्थित ट्वीटर अकाउन्टहरु बन्द गरिदिएको छ ।

चीन समर्थित विभिन्न खाले सन्देशहरु प्रवाह गर्ने कार्यसँग सम्बन्धित रहेका ती ट्वीटर अकाउन्टहरु डिलिट गरिएको हो ।

ट्वीटरले त्यसरी हटाएका अकाउन्टहरु मध्ये कतिपय अकाउन्टहरुबाट कोरोना भाइरस महामारीका विषयमा समेत अनेक खालका ट्वीट हुने गरेका थिए ।

अत्यधिक रुपमा सक्रिय रहेका २३ हजार ७५० वटा मूख्य अकाउन्ट तथा चीनमूखी सन्देहरु भाइरल बनाउने कार्यमा संलग्न अन्य डेढ लाख भन्दा धेरै एम्पिलफायर अकाउन्टहरु हटाइएको ट्वीटरले जनाएको छ ।

चीनमात्र होइन, ट्वीटरको निसानामा रुसी प्रयोगकर्ताका अकाउन्टहरु पनि परेका छन् । ‘गलत सूचना फैलाउने’ कार्यमा संलग्न रहेका रुसबाट सञ्चालित ११ सय भन्दा धेरै अकाउन्टहरु पनि बन्द गराइएको ट्वीटरले जनाएको छ ।

चिनिया सरकारको समर्थनमा विभिन्न खाले प्रायोजित सन्देशहरु प्रवाह गर्ने त्यस्ता ट्वीटर अकाउन्टहरुको कार्य र गत वर्ष फेसबुक तथा युट्युबमा सक्रिय चिनिया सञ्जालको कार्यहरु एक आपसमा सम्बन्धित देखिएको ट्वीटरको भनाई छ । सामाजिक सञ्चालनमा सञ्चालित त्यस्ता प्रायोजित अपरेसनमा हङकङमा जारी राजनीतिक अवस्थाका विषयमा चिनिया अवधारणा बमोजिमका सूचना तथा सन्देशहरु प्रवाहित गर्ने गरिएको थियो ।

पछिल्लो सञ्जाल नयाँ देखिएको भएपनि गत वर्ष खुलासा भएको चिनिया सरकार समर्थित सामाजिक सञ्जालको क्रियाकलापसँग यसको समरुपता देखिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले यस्तो कार्यमा २३ हजार ७५० वटा अकाउन्टहरुले मूख्य भूमिका निर्वाह गरिरहेको र अन्य डेढ लाख अकाउन्टहरु चाहीँ उल्लेखित मेसेजहरुलाई अनलाइनमा बुस्ट गर्ने कार्यमा संलग्न रहेको जनाएको छ ।

ती अकाउन्टहरुबाट प्रायः चिनिया भाषामा ट्वीट हुने गरेको र चिनिया कम्युनिष्ट पार्टीको दर्शन बमोजिमको भूराजनीतिक अवधारणालाई समर्थन गर्ने तथा हङकङको राजनीतिक आन्दोलनका बारेमा नकारात्मक धारणा राख्ने गरेको पाइएको ट्वीटरले आफ्नो ब्लग पोष्टमा भनेको छ ।

गलत सूचना विरुद्ध लड्ने कार्यमा ट्वीटर पछिल्लो समयमा कठोर बन्दै गएको छ । गत हप्तामात्रै ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गलत दाबीयुक्त ट्वीटमा फ्याक्ट चेक राखिदिएको थियो । उक्त घटनापछि ट्वीटर र ट्रम्पबीचमा सम्बन्ध चिसिएको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment