Comments Add Comment

सरकारविरुद्ध प्रदर्शन गर्नेहरु पक्राउ

३१ जेठ, वीरगञ्ज । सरकारको विरोधमा प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका ६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले घण्टाघरबाट विकास तिवारी, ठाकुरराम इकाइ सभापती मनोज साह, जिल्ला उपाध्यक्ष शेष, सहसचिव रमेश यादव, पुर्व प्रदेश सदस्य अभय कर्ण, श्याम गुप्तालाई पक्राउ गरेको हो ।

कोरोना भाइरस महामारी नियन्त्रणमा सरकारलेे प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरुले तीनै तहको सरकारको विरोधमा प्रदर्शन गरेका थिए । वीरगञ्जको महाबिर स्थान चोकबाट सुरू भएको प्रदर्शन घण्टाघर चोकमा आएर टुंगिएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुतला दहन समेत गरे ।

क्वारेन्टिनमा राख्ने कि छोड्ने भन्नेमा छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी नवोदित कुँवरले जानकारी दिए । ‘ महामारीको समय छ, भिडभाड गर्नुहुन्न भन्ने हो । अझ विद्यार्थी जस्तो सचेत वर्गले त्यसो गर्नु नै हुन्न ।’ डिएसपी कुँवरले भने ‘ भिडभाड गर्दै भएको प्रदर्शन शंकास्पद देखियो, त्यसैले उनीहरुलाई क्वारेन्टाईनमा बस्नुपर्छ भनेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment