+
+

भारतको प्रतिक्रिया : वार्तामार्फत समाधान खोज्ने समझदारीको उल्लंघन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते १९:४९

३१ जेठ, काठमाडौं । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न नेपालले शनिबार गरेको संविधान संशोधनमा भारतले प्रतिक्रिया दिएको छ ।

आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन् ।

उनले अघि भनेका छन्, यसले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने हाम्रो समझदारी पनि उल्लंघन भएको छ ।’

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा जारी गरसँगै भारतले विरोध गर्दै आएको छ । तर शनिबार संसदले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?