Comments Add Comment

स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित भएनन् : मन्त्री कार्की

३१ जेठ, विराटनगर, । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनहरु व्यवस्थित नभएको बताएका छन् ।

प्रदेश सरकारले बनाएका क्वारेन्टिनहरु भने विश्व स्वास्थ्य संगठनको मापदण्ड (डब्ल्यूएचओ) को मापदण्ड अनुसार नै भएको उनले बताए । शनिबार प्रेस संगठन मोरङले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारले जति क्वारेन्टिन निर्माण गरेको छ, सबै व्यवस्थित छन् । तर अधिकांश स्थानीय तहका क्वारेन्टिनमा समस्या छ ।’

स्थानीय तहहरुले बनाएको क्वारेन्टाइन व्यवस्थित गर्न प्रदेश सरकारले समन्वय गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment