Comments Add Comment

तङि्ग्रन थाले उद्योग, पुरानै क्षमताको उत्पादनमा फर्किन डेढ महिना लाग्ने

३२ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएपछि उद्योग व्यवसाय तङि्ग्रन थालेका छन् । झण्डै तीन महिनादेखि बन्द अवस्थामा रहेका उद्योगहरु सरसफाई गरेर सञ्चानलनको तयारी थालिएको निजी क्षेत्रले जनाएको छ ।

यस्तै लकडाउन अवधिमा सञ्चालनमा रहेका उद्योगहरुको क्षमता पनि वृद्धि भएको छ । लकडाउन अवधिमा औसत ४५ प्रतिशतको हाराहारी क्षमतामा चलेका उद्योगहरुको क्षमता अहिले झण्डै ८० प्रतिशत पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

देशैभरका उद्योगी व्यवसायीहरु आ-आफ्नो उद्योग सञ्चालनको तारताम्यमा लागेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

उत्पादनमुलक उद्योगको क्षमता ८० प्रतिशत 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिएको देशभरको विवरणअनुसार लकडाउन खुकुलो भएपछि उत्पदानमुलक उद्योगको उत्पादन क्षमता औसत ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।

देशको १० औद्योगिक क्षेत्रहरुमध्ये सुर्खेत, नेपालगन्ज, धरान, विराटनगर लगायतका क्षेत्रका उद्योगहरु ७० प्रतिशतसम्म क्षमतामा चलेका छन् ।

‘लकडाउनमा ४५ देखि ४९ प्रतिशत क्षमतामा चलेका अत्यश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुको क्षमता ८० प्रतिशतसम्म पुगेको छ,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालन विभाग प्रमुख दीलीप श्रेष्ठले भने ।

लिमिटेडमा प्राप्त पछिल्लो विवरणअनुसार देशभरका पाँच सय ९७ नब्बे उत्पादनमुलक उद्योगमध्ये ४५० भन्दा बढी पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । बाँकी उद्योगहरु पनि सञ्चालनकालाति तयारी भइरहेको लिमिटिेडले जनाएको छ । केही उद्योगीहरुले कामदार ल्याउनका लागि समस्या भएको भन्दै गुनासो गरेको सञ्चालन विभाग प्रमुख श्रेष्ठले बताए ।

लकडाउन खुकुलो भएपछि बालाजु औद्योगिक क्षेत्रको सञ्चालन क्षमता ४९ बाट बढेर ५५ प्रतिशत पुगेको छ । यस्तै पाटन र हेटौँडाको ५७, पोखरा ४२, सुर्खेत र भक्तपुरका उद्योगहरु ६० प्रतिशत क्षमतामा चलेका छन् ।

बुटवल, नेपालगन्ज र धरानका उद्योगहरु ७० प्रतिशत क्षमतामा सञ्चालन हुँदा राजविराजमा ६५ प्रतिशत क्षमतामा उद्योगहरु सञ्चालनमा आएको लिमिटेडले जनाएको छ ।

डेढ महिनामा पुरानै गतिमा चल्छौँ

देशैभरका सबैखाले उद्योगहरु सञ्चालनको तयारीमा उद्योगीहरु लागेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । केही सान उद्योगहरु सञ्चालनमा आईसकेको तथा ठूला उद्योगहरु सञ्चालनकालागि पाट पूर्जा मर्मत सम्भारमा जुटेको महासंघका उपाध्यक्ष एवं उद्योग तथा व्यापार काउन्सिलका अध्यक्ष किशोर प्रधानले बताए ।

‘सानाहरु चल्न थाले, ठूला उद्योगहरु तयारी गर्दैछन् अब छिट्टै सञ्चालनमा आउँछ,’ उपाध्यक्ष प्रधानले भने ।

लकडाउनकारण घर गएका मजदुर र्फकन नपाएको, कच्चा पदार्थ भित्र्याउन केही उद्योगलाई समस्या भएको र तत्काल चल्ने नगद पूँजीमा पनि समस्या भएको उनले बताए ।

‘सबै समस्याहरु चिर्दै उद्योग सञ्चालनको विकल्प छैन, सुरु गरेका छौँ, दुई महिनामा पहिलेकै गतिमा आइपुग्छौँ,’ उपाध्यक्ष प्रधानले भने । देशका सबैखाले उद्योगको कुल सञ्चालन क्षमतामध्ये  करिब २० प्रतिशत मात्रै सञ्चालनमा रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment