
३२ जेठ, काठमाडौं । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
३६ वर्षकी महिलालाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।
टेकु अस्पतालकै आईसीयूमा कोरोना संक्रमित एक ५२ वर्षका पुरुष पनि उपचाररत छन् । भारतबाट आएका उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउने तयारी भएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4