Comments Add Comment

कालिका नगरपालिकाले गरिदियो चितवनका पत्रकारको दुर्घटना बिमा

१ असार, चितवन । चितवनको कालिका नगरपालिकाले जिल्लाको पत्रकार महासंघमा आवद्ध २५७ पत्रकारहरुको दुर्घटना बीमा गरिदिएको छ । नगरपालिकाले प्रतिपत्रकार तीन/तीन लाख रुपैयाँको दरले दुर्घटना बीमा गरेको हो ।

दुर्घटना बीमाका लागि महासंघ र नगरपालिकाबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पत्रकार महासंघ चितवनका तर्फबाट अध्यक्ष राधेश्याम खतिवडा र नगरपालिकाका तर्फबाट नगर प्रमुख खुमनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । नगर प्रमुख श्रेष्ठले यस वर्ष २५७ पत्रकारका लागि एक लाख प्रिमियर नगरपालिकाका तर्फबाट बुझाइने बताए ।

यस रकमलाई नगरपालिकाको बजेटमा राखेर आगामी वर्षमा पनि निरन्तरता दिने नगर प्रमुख श्रेष्ठले बताए । महासंघका अध्यक्ष खतिवडाले पत्रकारहरूको दुर्घटना हुँदा तीन लाख पाउने र घाइते भएमा ३० हजारसम्मको उपचार खर्च पाउने गरी बीमा गरिएको बताए ।

महासंघले आफ्ना सदस्य र क्रियाशील पत्रकारहरुको कोरोना बीमा प्रेस रजिष्ट्रार कार्यालय हेटौँडासँग सहकार्य गरी यसअघि नै गरिसकेको छ ।

चितवन जिल्लामा पाँच दैनिक पत्रिका, चार टेलिभिजन, २२ एफ एम रेडियो, २४ अनलाइन र १३ वटा साप्ताहिक पत्रिका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment