+
+
Shares

ओमानबाट १६६ नेपाली फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ११:०२

१ असार, काठमाडौं । सोमबार ओमानबाट १६६ जना समस्यामा परेका नेपाली स्वदेश फर्किंदैछन् । ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ।

सो विमान दिउँसो साढे १ बजे काठमाडौं आइपुग्नेछ । यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन् । जबकि नेपाल सरकारले पठाउन लागेको चार्टर्ड विमानको भाडा दुई पटक घटाउँदा पनि ४५ हजार रुपैयाँमा मात्रै झरेको छ।

आज फर्किनेहरूको साथमा पीसीआर नेगेटिभ आएको रिपोर्ट छ । उनीहरू सिधै होम क्यारेन्टिनमा जानेछन् । सो विमानले एक जना मृत नेपालीको शव पनि ल्याउनेछ ।

दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?