Comments Add Comment

हामीले पहिलो लडाइँ जित्यौँ – इम्यानुअल म्याक्रोँ

१ असार, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले फ्रान्सले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको पहिलो लडाइँ जितेको बताएका छन् । उनले अब मुलुकमा लगाइएको विभिन्न किसिमको प्रतिबन्ध हटाइने घोषणा पनि गरेका छन् ।

आइतबार महामारी सुरु भएपछिको चौथो सम्बोधनको क्रममा उनले तीन महिनाको लामो लकडाउनपछि अब मुलुकको अर्थतन्त्रलाई पुनः सही बाटोमा ल्याउने समय आएको बताएका हुन् ।

उनले सोमबारदेखि फ्रान्सको युरोपेली संघको शेन्जेन जोनमा सामेल छिमेकी मुलुकको लागि आफ्नो सीमा खुल्ला गरिने बताएका हुन् । साथै पेरिसमा बार र रेष्टुरेन्ट खोल्ने अनुमति हुनेछ । जुन २२ देखि अनिवार्यरुपमा स्कुल खोलिनेछ । यसका लागि स्कुलहरुले आवश्यक तयारी पनि गर्नेछन् ।

म्याक्रोँले मानिसहरु अब पुनः सामान्य जीवनशैली अपनाउन पाउने आशा मानिसहरुले गरिरहेको उल्लेख गरे । तर, उनीहरुले कोरोना भाइरसको महामारी अझै सकिएको छैन भन्ने कुरा बुझ्न जरुरी रहेकेा उनको भनाइ छ ।

म्याक्रोँले भने, ‘हामीले लामो समयसम्म कोरोना भाइरससँग रहनुपर्नेछ र सामाजिक दुरी कायम राख्ने नियम पनि पूर्णरुपमा पालना गर्नुपर्नेछ ।’

म्याक्रोँले कोरोना भाइरसको महामारी नसकिएको भए पनि पहिलो लडाइँ जितेकोमा आफूलाई खुसी लागेको बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment