Comments Add Comment

पर्सामा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण पुष्टि

१ असार, वीरगञ्ज । पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा विन्दवासिनी गाउँपालिका ४ का २६,  ३६, ३९ र ५६ वर्षका पुरुष, वडा नम्बर ३ का ३२ वर्षीया एक महिलासहित ३२ र ४० वर्षीय पुरुष, वडा नम्बर २ का ४३ वर्षीय दुई जना पुरुष गरी कुल ९ जना र एक जना पटेर्वा सुगौली २ का ४१ वर्षीय पुरुष रहेका छन् ।

विन्दवासिनी गाउँपालिकाका ४३ र ३९ वर्षीय दुई जना स्वास्थ्य सहायक प्रमुख र एक जना अमरपट्टीस्वास्थ्य चौकीका ५६ वर्षीय सिनियर अहेबमा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । तीनै जना वडा नम्बर ३ झौवागुठीस्थित विद्यालयको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य निगरानीमा खट्ने गरेका थिए । यस्तै सोमबार संक्रमण पुष्टि भएका मध्ये एक जना सोही क्वारेन्टिनमा भान्सेको रुपमा खट्दै आएका झौवागुठीका एक व्यक्ति समेत रहेका छन् । अन्य ६ जना भने भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

सो क्वारेन्टिनबाट १८ जनाको जेठ २६ गते स्वाब संकलन गरिएको थियो । जसमध्ये १० जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार पोखरियाका पाँच जना स्वास्थ्यकर्मीसहित १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment