
१ असार, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ । रुसले सोमबार दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात हजार ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसको कारण १४३ जनाको मृत्यु भएको हो ।
त्यस्तै रुसमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ३७ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका आठ हजार २४६ नयाँ संक्रमित थपिएका हुन् ।
रुस संक्रमित संख्याको हिसाबमा तेस्रो सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । मृत्युदरको हिसाबमा भने रुस अन्य मुलुकभन्दा पछि छ । रुसले आधिकारिक रुपमा सार्वजनिक गरेको मृत्युको तथ्यांकमा भने विशेषज्ञहरुले प्रश्न उठाउँदै आएका छन् ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4