
१ असार, डोटी । डोटीको बडीकेदार गाउँपालिका-३, सुनालेकमा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. ३ घाङलमा खाद्य सामग्री पुर्याएर फर्किँदै गरेको से१ख १२६२ नं. को मिनिट्रक दुर्घटना हुँदा सोही गाउँपालिकाका ४० वर्षीय डबल पुनमगर र उनका १४ वर्षीय छोरा धिरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । ट्रक चालक श्यामलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक लालबहादुर बोहरा नेतृत्वको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।
घटनाको कारण खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4