+
+
Shares

काठमाडौं प्रशासनले टोकन प्रणाली अनुसार सेवा प्रवाह गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १८:३२

१ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाहका लागि टोकन प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्ने गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सेवा प्रवाह गरिने प्रशासकीय अधिकृत मानबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत १० प्रकारका सेवा प्रवाह गरिने छ । जिल्ला प्रशासन कार्यालयले दिन सेवा लिनका लागि बिहान ८ बजेदेखि ११ बजेभित्रमा कर्मचारीसँग सम्पर्क गरी टोकन नम्बर लिनु पर्ने र तोकिएको समयमा कार्यालयमा आई सेवा लिनु पर्ने उनको भनाइ छ । आफ्नो टोकन नम्बर र समय अनुसार मात्रै सेवा लिन आउन प्रशासनले सर्वसाधरणलाई आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?