Comments Add Comment

प्रदेश २ मा थपिए १७१ जना कोरोना संक्रमित 

१ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५ महिलासहित १ सय ७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सिराहामा ४ जना, धनुषामा ४ जना, महोत्तरीमा ३० जना, सर्लाहीमा २३ जना, रौतहटमा ९८ जना, बारामा २ जना र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पर्सामा तीन र रौतहटमा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस पर्सामा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण पुष्टि

सिराहाको कल्याणपुर नगरपालिकाका १८ देखि ४० वर्षसम्मका ४ जना, धनुषाको लक्ष्मीनिया गाउँपालिकाका १७ देखि ४० वर्षसम्मका ४ जना, महोत्तरीको सम्सी गाउँपालिकाका १६ देखि ५५ वर्षसम्मका १० जना, महोत्तरीकै एकडारा गाउँपालिकाका १२ देखि ४० वर्षसम्मका ७ जना, लोहरपट्टी गाउँपालिकाका १८ देखि ४० वर्षसम्मका १३ जना पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाहीको बलरा नगरपालिकाका १ देखि १८ वर्षसम्मका ७ जना, सोही नगरपालिकाका १९ देखि ४० वर्षसम्मका ८ जना, हरिपुर नगरपालिकाका ५ र ८ वर्षका २ जना बालकहरुमा, हरिपुरकै १९ देखि ४९ वर्षसम्मका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहटमा एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस रौतहटमा थपिए ९८ जना कोरोना संक्रमित

रौतहटको इशनाथ नगरपालिकाका ७ वर्षीया एक जना बालिका, ६ र ८ वर्षीय दुई जना बालक, २१ वर्षीया एक महिला तथा १८ देखि ६९ वर्षसम्मका २९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

रोतहटकै यमुनामाई गाउँपालिकाको १६ वर्षीया एक जना किशोरी र १ देखि ४६ वर्षसम्मका ४६ जना पुरुष, राजदेवी नगरपालिकाका २२ वर्षीया एक जना महिला र १९ देखि ४० वर्षसम्मका ८ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै रौतहटकै राजपुर नगरपालिकाका १९ देखि ४५ वर्षसम्मका ८ जना पुरुष र फतुवा विजयपुर नगरपालिकाका २२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको सूवर्ण गाउँपालिकाका १८ र ३० वर्षीय दुई जना पुरुषमा तथा पर्साको विन्दवासिनी गाउँपालिकामा ३२ वर्षीया एक जना महिला र २६ देखि ५६ वर्षसम्मका ८ जना पुरुष र पटेर्वा सुगौली गाउँपालिका–२ का ४१ वर्षीय एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

१६ जना संक्रमित डिस्चार्ज

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

प्रदेशका विभिन्न अस्पताल अन्र्तगत रहेका आइसोलेसनमा उपचारपछि उनीहरु स्वस्थ भई घर फर्केका हुन् । प्रदेश २ मा कोरोना संक्रमण मुक्त भई घर फर्कनेको संख्या ४ सय ७८ पुगेको छ ।

धनुषास्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकाको वीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटबाट २ जना पुरुष, बाराको कलैया अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालबाट १ जना र वीरगञ्जस्थित नारायणी अस्पताल अन्तर्गतको कोभिड–१९ विशेष अस्पताल गण्डक अस्पतालबाट १३ जना पुरुषहरु डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment