+
+
Shares

प्रदेश १ मा कोरोना उपचारपछि थप १५ जना घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते २०:५८

१ असार, विराटनगर । प्रदेश १ बाट थप १५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन ।

आइतबार विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरङ र २ जना संखुवासभाका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालमा उपचारत ७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

प्रदेश १ बाट कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ सय ८१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?