+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

शवासन : अनिन्द्रा र तनावबाट मुक्ति

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १९:५३

अहिले अनेक कारण छन्, मानसिक समस्या निम्त्याउने । कतिले रोजगारी गुमाएका छन्, कतिको कामधन्दा ठप्प छ । कतिले आयस्रोतको मेलोमेसा पाइरहेका छैनन्, कतिलाई हातमुख जोर्न धौधौ भइरहेको अवस्था छ । त्यसमाथि रोगको भय र असुरक्षाले सताएको छ । घरमा बसिरहँदा दिक्दारीले सताएको छ ।

अहिलको प्रतिकूल अवस्था धेरैका लागि मानसिक तनावको कारण बनेको छ ।

अर्कोतिर कामविहीन भएर घरमै बसिरहँदा पनि त्यसले मानसिक समस्या पैदा गर्छ । भनिन्छ, खाली दिमाग सैतानको घर । काम-व्यवहारबाट अलग भएर निस्क्रिय बस्दा पनि मान्छेमा मानसिक समस्या देखापर्छ।

यसरी तनाव, छटपटी, बेचैनीले गर्दा धेरैको निद्रा खल्बलिएको छ, बिथोलिएको छ। अनिद्रा आफैँमा एक समस्या हो, जसले अनेक रोग निम्त्याउने भय रहन्छ ।

यावत कारणले गर्दा अहिले सबैका लागि आवश्यक भएको छ, चिन्तारहित जीवनशैली । कसरी चिन्ता, तनाव, बेचैनी कम गर्ने ?

खासमा यो मानसिक समस्या हो । त्यसैले यसको उपचार पनि मानसिक स्वास्थ्यसँग जोडिएर आउँछ । अतः मानसिक शान्तिका लागि योग, प्राणायाम र ध्यान एक प्राकृतिक विकल्प हुन सक्छ ।

प्राणायाम

बुझ्नैपर्ने एउटा मुख्य कुरा के भने मनको भाव हाम्रो सासबाट नियन्त्रित हुन्छ । जस्तो तपाईंले याद गर्नुभएकै छ, एकदमै रिस उठेको बेला श्वासप्रश्वास गति एकदम तीव्र हुन्छ । डर लागेको क्षणमा त्यस्तै हुन्छ। जब आनन्दित अवस्थामा रहनुहुन्छ, श्वासको गति त्यस्तो तीव्र हुँदैन ।

श्वासप्रश्वासको यही गतिलाई नियन्त्रित र सन्तुलित गर्ने विधि हो, प्राणायाम । प्राणायाममा भ्रामरी, भ्रस्त्रिका, कपालभाती गर्न सकिन्छ। अहिले विभिन्न माध्यमबाट यसका विधि सिक्न वा अभ्यास गर्न सकिन्छ । प्राणायाम नियमित रुपले गर्दा मस्तिष्कमा अक्सिजनको मात्रा बढ्छ । यसले तपाईंमा आत्मविश्वास पनि बढ्छ । चन्द्रभेदी, सूर्यभेदी र भ्रामरी प्राणायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउन सकिन्छ।

शवासन

शवासन यसको नामबाटै थाहा हुन्छ, यो कुनै मृत्त व्यक्तिझैं शरीरलाई लम्पसार पारेर पूर्ण विश्रामको मुद्रामा उत्तानो परेर सुत्नु हो । जब हामी यसरी एकदमै आरामदायक स्थितिमा रहन्छौं, हाम्रो मनमा स्वत शान्तिको अनुभव हुन्छ । आन्तरिक अंगहरू तनावमुक्त हुन्छ । रक्तसञ्चार प्रक्रिया सुरु रुपले प्रभावित हुन्छ । यसरी रक्तसञ्चा‍र सुरु भएपछि शारीरिक र मानसिक तनावको स्तर घट्छ ।

खासगरी जसलाई उच्च रक्तचाप, अनिद्राको समस्या छ, उनीहरूका लागि शवासन एकदमै लाभदायक हुन्छ ।

ध्यान

केवल १० मिनेटको ध्यान अभ्यासले पनि तनावको स्तर कम गर्छ । ध्यानको धेरै विधि छन्, त्यसमध्ये कुनै एक किसिमको विधि सिकेर त्यहीअनुसार अभ्यास गर्न सकिन्छ । ध्यानबाट मस्तिष्कको त्यही हिस्सा जागृत हुन थाल्छ, जुन अहिलेसम्म सुतेको थियो । त्यसले तपाईंमा भरपुर आशा र ऊर्जाको सञ्चार गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?