Comments Add Comment

कोरोना भाइरस : डेक्सामेथासोन बन्यो जीवन बचाउने औषधि

२ असार, काठमाडौं । डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरस संक्रमित गम्भीर विरामीको ज्यान बचाउन सहयोग गर्ने ब्रिटेनका विशेषज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार सस्तो र सहज रुपमा पाइने यो औषधि कोरोनाविरुद्धको लडाईमा एक ठूलो सफलता हुनेछ ।

उनीहरुकाअनुसार यो औषधिले जसलाई भेन्टिलेटरको मद्दत चाहिएको हरेक ८ संक्रमितमध्ये एकलाई बचाउन सक्छ । जसलाई अक्सिजनको आवश्यकता परेको छ, उनीहरुमा पनि हरेक २०/२५ संक्रमितमा एकलाई बचाउन सक्छ ।

कोरोना संक्रमण भएपछि जसलाई भेन्टिलेटरको आवश्यकता परेको छ, उनीहरु मध्ये आधालाई बचाउन सकिएको छैन । उनीहरु मध्ये एक तिहाईको मृत्यु टार्न सक्नु ठूलो उपलब्धी हुनेछ । अनुसन्धानकर्ताहरुको अनुमान छ कि यदि यो औषधिको प्रयोग ब्रिटेनमा संक्रमणको सुरुवाती चरणमै गर्न पाएको भए करिव ५ हजार मानिसलाई बताउन सकिन्थ्यो ।

साथै गरिव देशहरुका लागि यो औषधि महत्वपूर्ण हुने उनीहरुको दाबी छ किनकी यो औषधि सस्तो छ ।

डेक्सामेथासोन १९६० को दशकमा बाथ र दमको उपचारमा प्रयोग हुने औषधि हो । अहिले कोरोना संक्रमितको शरीरमा भाइरसविरुद्ध लड्ने शरीरमा प्रतिरक्षा प्रणालीलाई मद्दत गर्ने देखिएको छ ।

जब शरीरमा प्रतिरक्षा प्रणाली धेरै सक्रियताका साथ प्रतिक्रिया दिन्छ, त्यो अवस्थालाई साइटोकिन स्ट्रोम भनिन्छ र यसले ज्यान दिनसक्छ । यस्तोमा डेक्सामेथासोनले मद्दत गर्न सक्छ ।

तर जसलाई हल्का मात्र लक्षण देखिएको छ, उनीहरुलाई यो औषधिका खासै काम नगर्ने विज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment