Comments Add Comment

गण्डकी प्रदेशमा थपिए २१ कोरोना संक्रमित

३ असार, काठमाडौं । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १८ जना र पर्वतमा तीन जनामा कोरोना पुष्टि भएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका १४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षीय दुई जना पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ । पूर्वी नवलपरासीकै तर पालिका नखुलेका अर्का एक २७ वर्षका पुरुषमासमेत कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको फलेबास नगरपालिकाका १९ र २१ वर्षका दुई जना पुरुष तथा ४६ वर्षीया एक जना महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या २४७ पुगेको छ ।

नयाँ संक्रमितहरु सबै भारतबाट आएकाहरु हुन् । उनीहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा बस्दै आएको र आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment