+
+

सानिमा बैङ्कद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १०:३८

सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिहरु लक्षित “अपा¨ता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपांगता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत तथा सञ्चालन साझेदारीमा सञ्चालन हुने यस कार्यक्रमले अपा¨ता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रदेश १ का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपा¨ता भएका व्यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ ।

सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएम मार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?