Comments Add Comment

आईओएमको डिनका लागि तीन जनाको नाम सिफारिस

३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डीन पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले मंगलबार त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको हो ।

समितिले डिनका लागि प्रा. डा. प्रदीप वैध, प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो ।

गत २१ जेठमा आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवाल उमेर हदका कारण सेवा निवृत्त भएपछि डिन पद रिक्त छ । उनको समयावधि सकिएलगत्तै त्रिवि उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आईओएमका प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा ३ सदस्य डिन सिफारिस समिति गठन गरेका थिए ।

अब त्रिवि कार्यकारी परिषदको बैठकले सिफारिस भएका नाममध्येबाट एक जनालाई डिनमा नियुक्त गर्नेछ ।

सिफारिसमा परेका प्रा.डा. वैद्य त्रिवि सहकुलपति समेत रहेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् ।

प्रा.डा. शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने प्रा.डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment