Comments Add Comment

उपकुलपतिको भाषण : मप विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्छ

भन्छन्-धर्तीमा बाचुन्जेल भ्रष्टाचार गर्दिनँ

३ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । स्पष्ट भिजनका साथ उपकुलपति बनेको भन्दै उनलले विश्वविद्यालयलाई आमुल सुधार गर्ने दाबी गरे ।

बुधबार विश्वविद्यालयको १०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपकुलपति सिंहले पाँचवटा भिजनसमेत पेस गरे । विश्वविद्यालयको भौतिक संरचना पूरा गर्ने, उत्पादनलाई जोड दिने र विद्यार्थीले कमाएर पढ्ने नीति लागू गर्ने, पाठ्यक्रम्मा आमुल सुधार गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय बनाउने र कर्णाका १० जिल्लाका स्रोत साधनको बारेमा बुझ्न सक्ने शिक्षाको विकास गर्ने उनको भिजन छ ।

अबको ६ महिनाभित्रै विश्वविद्यालयले अहिले पढाइ भइरहेको पाठ्यक्रमलाई आमुल परिवर्तन गरी ६० प्रतिशत विश्वव्यपी विचार र ४० प्रतिशत प्रदेशकै स्रोतसाधनबारे समेटिएको पाठ्यक्रम तयार गरिने उनको भनाइ छ ।

विश्वविद्यालयललाई विश्वस्तरीय बनाउन विदेशी विद्यार्थीहरुलाई प्रथामिकता दिने योजना रहेको समेत उपकुलपति सिंहले सुनाए ।

विशेष छात्रवृत्तिको व्यवस्था गरेर विदेशबा६ विद्यार्थी ल्याउने र मप विशवविद्यालयका विद्यार्थी पनि अध्ययनका लागि विदेश पठाइने उनको भनाइ छ ।

‘बाचुन्जेल भष्ट्राचार गर्दिनँ

उपकुलपति सिंहले आफ्नो कार्यकालभर मात्रै नभइ बाचुन्जेल भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर काम गर्ने र पारदर्शितालाई आत्मसाथ गर्ने उनको भनाइ छ । ‘म धर्तीमा बाँचुन्जेल भष्ट्राचार गर्ने छैन । भ्रष्टाचार विरुद्धकोआन्दोलनमा स्वयम् आफै सहभागिता जनाउने छु ।’

कोरोना भाइरस -कोभिड-१९)का कारण सार्वजनिक कार्यक्रम नभए पनि विश्वविद्यालयले अनलाइनमार्फत भर्चुअल कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment