+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

सरकारमाथि कांग्रेसको दबाब : कोभिड-१९ बारे संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १५:१३

३ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणलाई लिएर सरकारमाथि दबाब बढाएको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई ध्यानाकर्षण पत्र दर्ता गराएको भोलिपल्ट कांग्रेसले प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्प भुसाल र सांसद गगन थापाले दर्ता गराएको ध्यानाकर्षण पत्रमा सरकारले संवेदनशील नभएकाले संसदले चासो राख्नुपर्ने उल्लेख छ ।

कोरोना परीक्षणको दायरा बढाउन, क्वारेन्टिनको उपयुक्त व्यवस्थापन गर्न, अस्पताल केन्द्रित तयार गर्न र विदेशबाट आउनेहरुको उचित व्यवस्थापन गर्न समयमै ध्यानाकर्षण गराए पनि सरकारको नसुनेको भन्दै उनीहरुले भनेका छन्, ‘गर्नुपर्ने काम नगर्ने, तर भ्रष्टाचार तथा अनियमितताका एकपछि अर्को प्रकरण सार्वजनिक हुनुले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको छ ।’

यसले जनस्वास्थ्यमाथि खेलबाड हुनुका साथै राज्यस्रोतको दुरुपयोग भएको कांग्रेसको दाबी छ । अब संसदमा छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने भन्दै कांग्रेस सांसदहरुरुले दर्ता गरेको ध्यानाकर्षण पत्रमा १० वटा बुँदा अगाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?